पिएम कप : अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै « Khabarhub

पिएम कप : अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । बिहीबार ६ खेलसम्म अपराजित रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन् । दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

नेपाल पुलिस क्लबले ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । बिहीबारको खेल सातौं हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको पुलिसले पहिलो खेलमा लुम्बिनीलाई ८७ रन, दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रन, तेस्रो खेलमा एपिएफ क्लबलाई २ विकेट, चौथो खेलमा मधेशलाई १९३ रन, पाँचौ खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ र छैटौं खेलमा गण्डकीलाई सात विकेटले हराएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ ।

यता लुम्बिनी प्रेदश आठ अंकसहित तेस्रो स्थानमा छ । ६ खेल खेल्दा चार खेलमा जित निकालेको लुम्बिनीले दुई खेल गुमाएको छ । कर्णाली प्रदेश भने अंक तालिकामा संघर्ष गरिराखेको छ । पाँचमा तीन खेल गुमाएर दुई जित दर्ता गरेको कर्णाली चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने