साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी « Khabarhub

साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – आइतबार साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच भेटवार्ता हुने भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन्। अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट हुने जनाइएको छ।

अमेरिकाले सोमबार रुससँग वार्ता गर्ने योजना बनाएको छ। २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध तेस्रो वर्ष पुरा भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

रुस-युक्रेन युद्धमा दैनिक हजारौँ सैनिक तथा सर्वसाधारणको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : १७ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड