प्रहरी चौकी खार्पाले १२ वर्षपछि बनायो आफ्नै भवन « Khabarhub

प्रहरी चौकी खार्पाले १२ वर्षपछि बनायो आफ्नै भवन


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

खोटाङ– स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । दुई करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । 

विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साबिक खार्पा गाउँ विकास समिति  (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । 

स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११  कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ । 

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो । 
 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : २८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार