तीन नेताको भेटपछि मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

तीन नेताको भेटपछि मन्त्रिपरिषद् बैठक


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठक ६ बजेका लागि सारिएको छ । आज तीन दलका शीर्ष नेताको भेटवार्ता भएपछि ५ बजेका लागि बोलाइएको बैठक ६ बजेका लागि सरेको हो । 

आजको बैठक नियमित बैठक हो । सङ्क्रमणकालीन न्याय टीआरसी सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू अहिले सिंहदरबारमा छन् । यसबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुन सक्ने बताइएको छ । 

सत्ता साझेदार दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन् । 

यो बैठक सकेर लगत्तै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ११ बजे

तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो 

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले चैत १५ गते तीनकुनेमा भएका

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस

भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ

काठमाडौं– भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नियोजित ढंगले राजावादीबाट

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक

एसएमइज विनियमावली अन्तिम चरणमा, एक रुपैयाँमा खेल्न पाइने

काठमाडौं – साना तथा मझौला संगठित संस्था (एसएमई) को धितोपत्र