कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए « Khabarhub

कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् ।

आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।

उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गा मुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : १६ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।