कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए « Khabarhub

कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् ।

आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।

उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गा मुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उनले बताए । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : १६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार