पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम « Khabarhub

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पथरी–  सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्‍याली निकालिएको थियो।

विभिन्न प्लेकार्डसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरी शान्ति सामुदायिक वनको पर्यटकियस्थल शान्ति भुल्के सिमसारमा पुगेर कोणसभा गरेको थियो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले अबको मौसममा डढेलो तथा आगलागीका घटना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।

त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमोसमेत देखाइएको थियो।

उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डाँस मोरङ्गी सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वनलगायत ११ वटा सामुदायिक वनका साथै श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ११ : ४३ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्