स्वास्थ्य मन्त्रीको क्यान्सर स्क्रिनिङ अभियानमा महानगरको सहकार्य | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रीको क्यान्सर स्क्रिनिङ अभियानमा महानगरको सहकार्य


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ ।

अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षण सम्बन्धी सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । रोगको उपचारात्मक सेवामा सुधारसँगै स्वास्थ्य क्षेत्रमा तीन सरकार बेग्ला बेग्लै होइन मिलेर सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, मन्त्री पौडेलले भने, मिलेर स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि काठमाडौं महानगरसँगको सहकार्य हाम्रा लागि उत्कृष्ट प्रेरणा र उदाहरण हो ।

 काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरूको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् ।

निर्देशक डा। दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ४ : ३६ बजे

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका

सरकार गठनमा ढिलाइ हुँदा सङ्कटकालको जोखिम, लागे के हुन्छ ?

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनपछि यतिखेर देश