कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु « Khabarhub

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान सुरु गरिएको हो । महानगरपालिकाले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो ।

गत वर्ष परीक्षण छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिइन् । 

परीक्षण गराउन महानगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुपर्ने र केन्द्रबाट दिएको ‘रेफरल स्लिप’ लिएर परीक्षण गराउन सकिने उनले बताइन् । 

अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको छ ।

 वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सबै नागरिकका लागि निःशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्ने बताए ।

स्तन क्यान्सरको परीक्षण गर्दा प्रारम्भिक जाँचका क्रममा शङ्कास्पद देखिएमा अल्ट्रासाउन्ड गरिने र यसपछि मेमोग्राफीका लागि पठाइने त्यस अवसरमा जानकारी दिइयो । 

पाठेघर मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण गरिनेछ ।  यसबाट पोजेटिभ रिपोर्ट आए कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु