कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु « Khabarhub

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान सुरु गरिएको हो । महानगरपालिकाले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो ।

गत वर्ष परीक्षण छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिइन् । 

परीक्षण गराउन महानगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुपर्ने र केन्द्रबाट दिएको ‘रेफरल स्लिप’ लिएर परीक्षण गराउन सकिने उनले बताइन् । 

अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको छ ।

 वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सबै नागरिकका लागि निःशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्ने बताए ।

स्तन क्यान्सरको परीक्षण गर्दा प्रारम्भिक जाँचका क्रममा शङ्कास्पद देखिएमा अल्ट्रासाउन्ड गरिने र यसपछि मेमोग्राफीका लागि पठाइने त्यस अवसरमा जानकारी दिइयो । 

पाठेघर मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण गरिनेछ ।  यसबाट पोजेटिभ रिपोर्ट आए कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : १० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका