मान्मदेखि गमगढीसम्म टेलिकमको सूचना महामार्ग सञ्चालन « Khabarhub

मान्मदेखि गमगढीसम्म टेलिकमको सूचना महामार्ग सञ्चालन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कालिकोटको मान्मदेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म पहिलो पटक अल डाईलेक्ट्रिक सेल्फ सपोर्टीङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।

टेलिकमका अनुसार देशको दुर्गम क्षेत्रमासमेत दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने अभियानअन्तर्गत विस्तार गरेको सूचना महामार्गले कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागिसमेत महत्त्वपूर्ण आधार निर्माण भएको छ ।

माइक्रोवेव रेडियो लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूका साथै एनटीटीभी  ब्रान्डको टेलिभिजन सेवासमेत चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।  
 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु