कृषि विकास बैंक कर्मचारी संघमा छगेन्द्र आचार्य  « Khabarhub

कृषि विकास बैंक कर्मचारी संघमा छगेन्द्र आचार्य 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत भएका छन् । संघको पोखरामा सोमबार राति सकिएको १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

संघको वरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरिप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत भइसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।संघको उप–महासचिवमा केशव पोखरेल, पाँच सचिवमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणि ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मीता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालय सचिवमा विजय पौडेल छन् ।

परिषद सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्‌घाटन गरेका थिए । उद्‌घाटनअघि प्रभातफेरी निकालिएको थियो । लेकसाइडबाट सुरु भएको प्रभातफेरी बैदाम प्रहरी चौकी, सहिदचोक हुँदै लेकसाइड नै उद्‌घाटन सत्रमा परिणत भएको थियो । 

सो अवसरमा संघका ७ जना पूर्व अध्यक्षलाई सम्मानित गरिएको थियो । परिषदमा देशभरका ७७ जिल्लाका ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेका संघको निवर्तमान केन्द्रीय अध्यक्ष लीला जिसी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : १७ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई