अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट « Khabarhub

अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो।

सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो । हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलबाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् ।

सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन्।

शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ। बोलिभियाले चार खेल खेल्न बाँकी छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : १२ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो