ब्राजिलको पोस्टमा चार गोल गर्दै अर्जेन्टिनाले निकाल्यो सनसनीपूर्ण जित « Khabarhub

ब्राजिलको पोस्टमा चार गोल गर्दै अर्जेन्टिनाले निकाल्यो सनसनीपूर्ण जित


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल अन्तरगत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हराएको छ। केही घण्टा अघि मात्र विश्वकप २०२६ मा प्रवेश गरिसकेको अर्जेन्टिनाले ब्राजिलविरुद्ध सनसनीपूर्ण जित निकालेको हो।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलको चौथो मिनेटमा जुलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि १२ औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए। ब्राजिलका लागि म्याथ्यु चन्हाले २६ औँ मिनेटमा एक गोल फर्काए।

अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले ३७ औँ तथा जियोलियानो सिमोनीले ७१ औँ मिनेटमा गोल गरे।

अंक तालिकामा अर्जेन्टिना ३१ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इक्वेडरको २३, तेस्रो स्थानको उरुग्वेको २१ अंक छ। ब्राजिल २१ अङ्कसहित चौथो स्थानमा छ। पाँचौँ स्थानको पाराग्वेको २१ अङ्क छ भने छैटौँ स्थानको कोलम्बियाको २० अङ्क छ।

बुधबार बिहानको अर्को खेलमा पाराग्वे र कोलम्बियाले २-२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : १९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा