ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग | Khabarhub Khabarhub

ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी क्याबिनेट च्याट ग्रुपमा पत्रकार प्रवेश पाएपछि यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेटमा नै तरंग उत्पन्न भएको छ।

यमनमा हाउथीलाई आक्रमण गर्ने विषयमा भएको ग्रुप च्याटमा पत्रकार उपस्थित गराइएपछि अमेरिकी सिनेटमा रक्षामन्त्री पिटर हेगसेथमाथि धेरै जना आक्रामक भएका छन्।

सिनेटमा नै यो विषय चर्को रूपमा उठेको छ। सिनेटमा डेमोक्र्याटले बारम्बार प्रश्न उठाएपछि अमेरिकी गुप्तचर निकायकी सिआइएका निर्देशक जोन रेटक्लिफ र राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गावार्डले महत्त्वपूर्ण सूचना लिक नभएको दाबी गरेका छन्।

सिनेटमा आक्रमणको बारेमा विवरण पठाइएको कुरा चर्को रूपमा उठेको थियो। यी दुवैले महत्त्वपूर्ण आक्रमण योजना बाहिर नआएको दाबी भने गर्न छाडेका छैनन्। हेगसेथले गरेको टेक्सटमा अगामी आक्रमण, लक्ष्य र हतियारको प्रसङ्ग पनि भएका कारण उनको विषयमा सिनेटमा चर्को आवाज उठेको हो।

यसअघि सोमबार नै हेगसेथले युद्ध योजनाका बारे सो ग्रुप च्याटमा कुनै कुरा नभएको दाबी गरेका थिए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ४२ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन