पालुंगो सागमा भेटियो अत्याधिक मात्रामा विषादी  « Khabarhub

पालुंगो सागमा भेटियो अत्याधिक मात्रामा विषादी 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बेच्न राखिएको पालुँगो सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । 

बुधबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । 

सरकारको मापदण्ड अनुसार, यदि विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम छ भने त्यसलाई उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतको विषादीको मात्रा भएमा केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ ।

४५ प्रतिशतभन्दा बढी विषादी भएको साग भने उपभोगका लागि अयोग्य मानिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा