सर्वाधिक धनराशिको १३औँ भीमबहादुर तामाङ स्मृति कप वैतेश्वर मिर्गेमा सुरु  « Khabarhub

सर्वाधिक धनराशिको १३औँ भीमबहादुर तामाङ स्मृति कप वैतेश्वर मिर्गेमा सुरु 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३ औँ स्मृतिमा आयोजित सर्वाधिक पुरस्कार राशिको बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि दोलखाको वैतेश्वर गाउँपालिका-३ मिर्गे खेलमैदान सुरु भएको छ । 

 नेपाली कांग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ‘क’ को आयोजनामा आयोजित प्रतियोगिताको नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उद्घाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाहरूबाट नौ टिमले सहभागिता जनाएको छ ।

उद्घाटन सत्रको आजको पहिलो खेल सिन्धुली र रामेछापबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेता मोहन बस्नेत, नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति ताराबहादुर कोइराला, कांग्रेस दोलखा पार्टी सभापति बर्मा लामा, उपसभापति छवि लामा, नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य पारस तामाङ, कांग्रेस नेत्री लेमु दहाल, नेता राजेश उप्रेती, वैतेश्वर-२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, नेपाली कांग्रेस वैतेश्वर कार्यवाहक पार्टी सभापति मनिक तामाङ लगायतले खेल उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः ४ लाख, २ लाख, एक लाख र ५० हजार राखिएको छ । कार्यक्रम नेपाली कांग्रेस प्रदेश सभा ‘क’ दोलखा क्षेत्रीय पार्टी सभापति शुक्रराज तामाङको अध्यक्षयतामा सुरु भएको हो । -सुबास बस्नेत

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु