ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प « Khabarhub

ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको क्याबिनेटको ग्रुप च्याट स्क्यान्डलमा आफूले केही गर्न नसक्ने बताएका छन्। ट्रम्पले यसमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई जिम्मेवार ठहर गर्दै यस्तो बताएका हुन्।

विदेशमन्त्री मार्क रुबियोले कसैले ग्रुप च्याटमा एटलान्टिकका सम्पादक जियफ्री गोल्डबर्गलाई निमन्त्रणा गरेर ठुलो गल्ती गरेको बताए। च्याटमा सम्पादक जोडिए पनि यसबाट कसैको जीवनमा जोखिम भने नआएको दाबी गरेका छन्।

गोल्डबर्गले भने विभिन्न किसिमको आक्रमणको प्रयासको साटो ह्वाइट हाउसले नै यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्।

एटलान्टिकले प्रकाशित गरेको ग्रुप च्याटको विवरणमा रक्षा मन्त्री पिट हेगसेथले यमनमा गर्ने आक्रमण प्रस्तुत गरेका थिए।

राष्ट्रपति ट्रम्पले हेगसेथको भने खुलेर प्रशंसा गरे। उनले अमेरिकी सेनाले पनि सफलता पूर्वक काम गरिरहेको बताए।

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ३६ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग