स्वर्गीय राजा वीरेन्द्रका निजी चिकित्सक डा. श्रेष्ठको निधन  « Khabarhub

स्वर्गीय राजा वीरेन्द्रका निजी चिकित्सक डा. श्रेष्ठको निधन 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । 

त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ। डा श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको  ब्लुक्रस अस्पतालले  जनाएको छ। 

सर्वसाधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका डा। श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ । डाक्टर श्रेष्ठको निधनप्रति नेपाल चिकित्सक संघले समेत दुःख व्यक्त गरेको छ । 

संघले विज्ञप्ति जारी गर्दै इमानदार र लगनशील अग्रज चिकित्सक गुमाउनु पर्दा चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना