कुपोषण कम गर्न अमेरिकी परोपकारी संस्थासँग सहकार्यकाे प्रस्ताव | Khabarhub Khabarhub

कुपोषण कम गर्न अमेरिकी परोपकारी संस्थासँग सहकार्यकाे प्रस्ताव


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लाग प्रस्ताव गरेको जानकारी दिएका छन् ।

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागीताका लागि त्यहाँ रहेका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ । तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ ।

यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ ।

‘आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले श्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौं ।’

केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए । उनले भने, नेपालको मातृ शिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ ।

नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत सकारात्मक प्रतिक्रिया संस्थाले दिएको छ ।

नेपालमा कुपोषणका कारण हुने मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलालाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डांक्टर लालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ८ : ४८ बजे

सिरहामा गृहमन्त्रीको पुत्ला दहन

सिरहा – सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौं – रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत

आजका समाचार : थाइल्यान्ड पुगे प्रधानमन्त्री, हिउँदे अधिवेशन अन्त्य र रविको पद बहाल भएन

प्रधानमन्त्री ओली पुगे थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत प्रधानमन्त्री केपी शर्मा

राज्यका संयन्त्र सूचना दिन डराउनु हुँदैन : प्रमुख सूचना आयुक्त आचार्य

सुदूरपश्चिम– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले

मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र