राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ | Khabarhub Khabarhub

राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् ।

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

यस्तै आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मुबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

शुक्राबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको थिए ।

प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए । राजावादीहरु अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा शनिबार बिहान सात बजेसम्म कर्फ्य जारी गरिएको छ ।

याे पनि…

तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र दुर्गा प्रसाईसँग जवाफ छ ?

तीनकुने क्षेत्रको कर्फ्यु भोलि बिहान सात बजेसम्मका लागि लम्बियो

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ४९ बजे

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा