क्यानडाको सार्वभौम सत्तामा ट्रम्पको सम्मान « Khabarhub

क्यानडाको सार्वभौम सत्तामा ट्रम्पको सम्मान


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सार्वभौमिकतामा सम्मान गरेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बताएका छन्। जारी व्यापार युद्धको समयमा यी दुईबीच भएको फोन वार्तापछि कार्नीले यस्तो बताएका हुन्।

यसअघि ट्रम्पले क्यानडा अमेरिकाको ५१ औँ राज्य बन्नुपर्ने कुरा उठाएपछि यसले क्यानडाका नागरिकमा आक्रोश पैदा गरेको थियो। फोन वार्तालाई कार्नीले सिर्जनात्मक भएको बताएका छन्। ट्रम्पले पनि यो वार्ता उपलब्धि मूलक भएको बताए।

इतिहासदेखि नै क्यानडाका प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपतिसँग फोन वार्ता हुने प्रचलन भए पनि १४ मार्चमा पदभार ग्रहण गरेको कार्नीले शुक्रबार मात्र ट्रम्पसँग वार्ता गरेका हुन्।

नयाँ निर्वाचनपछि आर्थिक र अहिलेको घटनाक्रमका विषयमा वार्ता गर्न दुवै देशमा नेता सहमत भएका छन्। क्यानडामा २८ अप्रिलमा निर्वाचन हुँदैछ।

‘म सधैँ क्यानडालाई माया गर्छु,’ ट्रम्पले भने। उनले प्रधानमन्त्रीसँग सौहार्दपूर्ण वातावरणमा वार्ता भएको बताए। उनले पनि निर्वाचनको लगत्तै भेट वार्ता हुने बताए। अमेरिकाले क्यानडाबाट अमेरिकामा जाने अल्मनियम र स्टिलमा २५ प्रतिशत कर लगाउने निर्णय गरी सकेको छ। यसको प्रतिकारमा क्यानडाले पनि अमेरिकी सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको करको घोषणा गरिसकेको छ।

बिहीबार मात्र कार्नीले अमेरिकासँगको पुरानो सबै सम्बन्ध भङ्ग भएको बताएका थिए। शुक्रबार नै कार्नीले अमेरिका २ अप्रिलदेखि कारमा लगाउने करमा अडिग भए पनि क्यानडाले पनि अर्को निर्णय गर्ने भन्दै सन्देश पठाएका थिए। अमेरिकी निर्णयले क्यानडाको अटो क्षेत्रमा ५ लाख जनासम्मको रोजगारी गुम्न सक्ने आङ्कलन गर्दै वार्ताको तयारी गरेका थिए।

क्यानडाको निर्वाचनमा अमेरिकासँगको सम्बन्ध सबै मुद्दा बन्ने गरेको छ। फोन वार्ता पछि कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरेले अमेरिकाले लिबरल पार्टी सत्ता चाहेको बताए। अमेरिकाले क्यानडाबाट पैसा, जनशक्ति र सेवा सबै लिन चाहेको तथा लिबरल पार्टी यसमा सहयोगी भएको आरोप समेत उनले लगाए।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : १४ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड