आईपीएल : रोहित र हार्दिकको ब्याट नचल्दा मुम्बईको दोस्रो हार, गुजरात ३६ रनले विजयी « Khabarhub

आईपीएल : रोहित र हार्दिकको ब्याट नचल्दा मुम्बईको दोस्रो हार, गुजरात ३६ रनले विजयी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ। यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो। पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो। पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो।

टस जितेर मुम्बईले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनमा समेटिएको हो।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए। तिलक बर्माले ३९ रन बनाए भने नमन धीर र मिचेल सान्टनेर समान १८ रन जोडे। उसका लागि अन्य ब्याट्सम्यान चलेनन्। चार बल खेलेका रोहित शर्माले मात्र आठ रन बनाएका थिए भने रायन रिकेल्टनले ९ बल खेलेर ६ रन मात्र जोडे। कप्तान हार्दिक पाण्डे १७ बलको सामना गरेर मात्र ११ रन जोडे।

गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्ण समान दुईदुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले समान एकएक विकेट हात पारे।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

गुजरातलाई शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का हिर्काए। जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाउँदा कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रन बनाए। पूरै २० ओभर खेल्दा आठ विकेट गुमाउँदै उसले १९६ रन बनाएको हो।

मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। ट्रेन्ट बोल्ड, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एकएक विकेट हात पारे।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : १४ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका