एनएसएल फुटबल : आज बुटवल लुम्बिनी र झापा एफसी खेल्ने « Khabarhub

एनएसएल फुटबल : आज बुटवल लुम्बिनी र झापा एफसी खेल्ने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

तेस्रो संस्करणसम्म आइपुग्दा झापाले दोस्रो र बुटवलले तेस्रो खेल खेल्न लागेका हुन् ।

प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन् । 

हिजो सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् । 

पहिलो संस्करणको एनएसएल उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको