१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी « Khabarhub

१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १६ वर्षीय स्टार अंशु फातिको शुरुवाती गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २–० को अग्रता दिलाएका थिए । त्यस्तै, जेराड पिके एक र लुइस स्वारेजले २ गोल गरे । यता बार्सिलोनाविरुद्ध भ्यालेन्सियाका केभिन गमियरो र मासिमिलियानो गोमेजले २ गोल फर्काएका थिए ।

बार्सिलोनाका लागि फातिले दोस्रो मिनेटमै र डि जोङले ७ औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाइरहँदा भ्यालेन्सियाका केभिन गमियरोले २७ मिनेटमा गोल गर्दै बार्सिलोनासँगको अग्रता घटाएका थिए ।

पहिलो हाफमा २–१ अवस्थामा रहेको खेलमा बार्सिलोनाका जेराड पिके ५१ औं मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए त्यस्तै, खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका लुइस स्वारेजले खेलको ६१ औं र ८२ औं मिनेटमा गोल गर्दै टिमलाई ५–१ को फराकिलो अन्तर बनाएका थिए ।

बार्सिलोनाविरुद्ध खेलको इन्जुरी समयमा भ्यालेन्सियाका गोमेजले गोल गर्दै टिमका लागि अग्रता घटाएपनि हारबाट जोगाउन भने समेनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ११ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।