एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने « Khabarhub

एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै देशव्यापी रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंशकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकपालको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो ।

पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत्र २५ गतेभित्र सवै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले बताए ।

उनले तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कानूनी कारवाही गर्न माग गरिएको बताए ।

त्यस्तै उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले त्यस व्यवहारको पनि विरोध गर्ने निर्णय भएको ज्वालाले उल्लेख गरे ।

ज्वालाले आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनविरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीले निशाना बनाएको धारणा राखे ।

नेकपा एकीकृत समाजवादीले राजावादी प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउनसमेत माग गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ५० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८