भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी | Khabarhub Khabarhub

भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनकुटा – सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो ।

सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए ।

सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुव रायले गरेका थिए । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छन् ।

तत्कालिन राजा वीरेन्द्र शाहलाई बम हानेको आरोपमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा शाही सरकारले गोली हानी हत्या गरेको थियो । विसं २०७३ मा उहाँलाई राष्ट्रिय सहिद घोषणा गरिएको हो । उनको सम्झनामा २०५५ सालदेखि प्रतिष्ठानले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ५४ बजे

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल