ताइवानले लियो संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा « Khabarhub

ताइवानले लियो संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानले आफ्नो तटनजिकै एउटा संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा लिएको छ । ताइवानको तटरक्षक बलले उत्तरपश्चिमी बन्दरगाह शहर योङ्गानबाट ३७ किलोमिटर टाढा संदिग्ध चिनियाँ जहाजलाई नियन्त्रणमा लिएको हो ।

ताइवान न्युजका अनुसार प्रतिबन्धित जलक्षेत्रमा पहिचान चिन्ह नभएको जहाजलाई तटरक्षक बलले फेला पारेको थियो । पछि तटरक्षक बलले तत्काल रोक्न आग्रह गरेपनि उक्त शंकास्पद जहाज गस्ती जहाज देखेर टाढा भाग्न खोजेको जनाइएको छ । त्यसपछि ताइवानको तटरक्षक बलले उक्त जहाजलाई नियन्त्रणमा लिएको हो ।

जहाजमा ५ लाख लिटर इन्धन र ६ जना चालक दलका सदस्य सवार थिए । ताइवानी अधिकारीहरुले उक्त जहाजले सो क्षेत्रमा चल्ने चिनियाँ जहाजमा इन्धन भर्ने गरेको आशंका गरेका छन् ।

पछिल्लो समय चीन र ताइवानबीच सम्बन्ध चिसिरहेका बेला ताइवानले संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा लिएको हो । साम्यवादी शासन रहेको चीनले लोकतान्त्रिक शासन चलाइरहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई आफ्नो मुलुक अन्तर्गत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चेतावनी दिने गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : १४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर