पाकिस्तानमा महिला हिंसा र लैंगिक विभेदका घटना बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा महिला हिंसा र लैंगिक विभेदका घटना बढ्दै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा महिलामाथिको हिंसा र लैंगिक विभेदको सबैभन्दा भयावह रूपका रूपमा नवजात छोरीको हत्या र परित्याग एक गम्भीर सामाजिक समस्या बनिरहेको छ। मुलुकका थुप्रै भागमा नवजात छोरीहरूलाई फोहोरको डोब, जङ्गल वा सुनसान स्थानमा फ्याँकिएको अवस्थामा भेटिन्छन् । केही जिउँदै, धेरैजसो मृत अवस्थामा।

एधी फाउण्डेशन र छिप्पा वेलफेयर संस्थाजस्ता गैरसरकारी संस्थाहरूका रिपोर्ट अनुसार हरेक वर्ष सयौं नवजात छोरीहरू मृत अवस्थामा फेला पारिन्छन्। फोहोरको थुप्रोबाट निकालिएका ती साना शिशुहरूको शरीरमा जनावरको टोकाइका दाग देखिन्छन् । सांस्कृतिक पूर्वाग्रहका कारण हत्या गरिएका ती निर्दोष बालिकाहरूको ज्यान लिने सोच आज पनि समाजमा गढिएको छ।

पाकिस्तानी समाजमा छोरा जन्मिए खुसीयाली मनाइन्छ, तर छोरी जन्मिए उसलाई बोझको रूपमा लिइन्छ। खासगरी दहेज प्रथाले यो सोचलाई अझ गहिरो बनाइदिएको छ। आर्थिक रूपमा कमजोर परिवारहरूले छोरीलाई बोझ ठानी जन्मिनासाथ हत्या गर्नेसम्मको निर्णय लिन्छन्।

धार्मिक भ्रम, अशिक्षा, सामाजिक प्रतिष्ठाको डर र परम्परागत सोचले गर्दा महिला र छोरीहरूको जीवनको मूल्य घटिरहेको छ। विवाहबाहिर जन्मिएको छोरीलाई लुकाउन र कथित इज्जत जोगाउन पनि कतिपय महिलाहरू छोरी मार्न बाध्य बनाइन्छन्।

यद्यपि केही संस्थाहरूले समस्यालाई सम्बोधन गर्न प्रयास गरिरहेका छन्। एधी फाउण्डेशनले आफ्ना केन्द्रहरूबाहिर ुझोलाु राखेका छन्, जहाँ अवांछित शिशुहरूलाई सुरक्षित रूपमा छोड्न सकिन्छ। यसले केही जीवन बचाएको भए पनि, समस्याको जडमा प्रहार गर्न सक्दैन।

यस समस्याको समाधानका लागि कानुनी कार्यान्वयनमा कडाइ, सामाजिक चेतना अभिवृद्धि, शिक्षा र महिलालाई स्वास्थ्य तथा रोजगारीमा पहुँच दिलाउने कार्यक्रमहरू आवश्यक छन्। धार्मिक र सामुदायिक अगुवाहरूले पनि गलत धारणाको खण्डन गर्दै छोरीहरूप्रति सकारात्मक सोच प्रवर्द्धन गर्नुपर्ने देखिन्छ।

यो संकट केवल महिला अधिकारको होइन, सम्पूर्ण मानव अधिकारको मुद्दा हो। समाजमा वास्तविक परिवर्तन ल्याउन दीर्घकालीन नीति, शिक्षा र सामाजिक आन्दोलनको समन्वय आवश्यक छ। नवजात छोरीहरूलाई कचरा सम्झिने समाजले आफ्नो नैतिकता र मानवता गुमाइसकेको हुन्छ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : २३ बजे

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र,

सिरिजको निर्णायक खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं- स्कटल्याण्डमा जारी टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले बलिङको