नेपाल र भारतको सीमा बैठक | Khabarhub Khabarhub

नेपाल र भारतको सीमा बैठक


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव रामचन्द्र तिवारी र भारतका तर्फबाट भारतीय गृह मन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो ।

सो बैठकमा दुई देशबिचको आपसी हितको प्रवर्धन गर्ने सीमा पार अपराध नियन्त्रण, लागुऔषध, मानव बेचबिखन, अवैध व्यापार, अवैध मुद्रा, चोरी निकासीलगायत आपराधिक क्रियाकलाप नियन्त्रणसम्बन्धी सहमति भएको तिवारीले जानकारी दिए ।

बैठकमा विपत् व्यवस्थापनको पक्षमा दुवै देशबिच सहकार्य गर्ने, सीमा क्षेत्र आसपासमा भइरहेको पूर्वाधार निर्माणमा देखिएका विवादलाई दुई पक्ष समझदारीमा अन्त्य गर्ने, सिमा स्तम्भको नियमित मर्मतसम्भार रेखदेख गर्ने, आतङ्कवाद नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्ने, सिमा क्षेत्रबाट हुने प्रतिबन्धित औषधीको निकासी पैठारीमा रोक लगाउने, विषादीजन्य फलफूल तथा तरकारीको गुणस्तर जाँच गर्ने र जनस्वास्थ्यमा देखिएको असरलाई न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको सहसचिव तिवारीले बताए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ०६ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक