ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको चेतावनी « Khabarhub

ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको चेतावनी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरू गरिएको चिनियाँ सुरक्षा अधिकारीले बताएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनले आफ्नो स्थल सेना, जल सेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौं दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरू गरिसकेको छ । चीनले एकै पटक जल, जमिन र आकाशबाट ताइवानमा नजिकबाट आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास गर्न लागेको खबरमा उल्लेख छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ । साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ ।

चीनले ताइवानलाई आफ्नो अङ्ग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ । यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाव बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : २२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना