नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने « Khabarhub

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ।

मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन्। उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन्। उनले यो दाबी गरे पनि जिम्मेवार तह र व्यापारीदेखि सर्वसाधारणसम्म यो नीतिले धेरै क्षति हुने कुराले त्रसित छन्।

यो नीति पछि अमेरिकामा केही असर गर्ने रिपोर्ट प्रकाशित भइसकेका छन्। नयाँ कर नीति लागू भएपछि धेरैले रोजगारी गुमाउने जोखिम छ। यसले हुने व्यापार युद्धका कारण ५५ लाखले रोजगारी गुमाउने तथा बेरोजगारी दर ७.७ प्रतिशतले वृद्धि हुने जनाइएको छ।

अर्थशास्त्री मार्क जान्डीका अनुसार १.७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा कमी आउने छ। जान्डीले यसले अमेरिकी अर्थतन्त्रमा धेरै असर गर्नसक्ने चेतावनी दिएका छन्।

ट्रम्पले यो कर नीति संसारका सबै देशको हकमा नीति लागु हुने बताएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड