नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने | Khabarhub Khabarhub

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ।

मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन्। उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन्। उनले यो दाबी गरे पनि जिम्मेवार तह र व्यापारीदेखि सर्वसाधारणसम्म यो नीतिले धेरै क्षति हुने कुराले त्रसित छन्।

यो नीति पछि अमेरिकामा केही असर गर्ने रिपोर्ट प्रकाशित भइसकेका छन्। नयाँ कर नीति लागू भएपछि धेरैले रोजगारी गुमाउने जोखिम छ। यसले हुने व्यापार युद्धका कारण ५५ लाखले रोजगारी गुमाउने तथा बेरोजगारी दर ७.७ प्रतिशतले वृद्धि हुने जनाइएको छ।

अर्थशास्त्री मार्क जान्डीका अनुसार १.७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा कमी आउने छ। जान्डीले यसले अमेरिकी अर्थतन्त्रमा धेरै असर गर्नसक्ने चेतावनी दिएका छन्।

ट्रम्पले यो कर नीति संसारका सबै देशको हकमा नीति लागु हुने बताएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक’ 

पाटन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका