वायु प्रदूषण कम गर्न सबैले भूमिका खेलौँ : कावा प्रधानमन्त्री सिंह « Khabarhub

वायु प्रदूषण कम गर्न सबैले भूमिका खेलौँ : कावा प्रधानमन्त्री सिंह


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । 

सहरी विकास मन्त्रालयमा बिहीबार विज्ञसँगको छलफलमा उनले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएपछि सबैलाई सघाउन आग्रह गरेका हुन् । 

कार्यवाहक प्रधानमन्त्री सिंहले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको जानकारी दिए । उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने पनि बताए । 

छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर–बिजोर गरेर चलाउनु पर्नेसम्मको स्थिति हुन सक्ने संकेत गरेको छ । वन मन्त्रालयका सचिव दीपक खरालले यस्तो बताएको सिंहको सचिवालयले जनाएको छ । 

छलफलमा विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव पनि एका छन् । वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्नेमा जोड दिए । डढेलो विज्ञ सुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिनु दिए  ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए । 

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी साधनले नभएर झन्डै दुई लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको भन्दै सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दियो । 

छलफलमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ५५ बजे

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला