स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध | Khabarhub Khabarhub

स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– स्वास्थ्य पत्रकार मञ्च कर्णाली (एचजेएफ) को अध्यक्षमा ललित बसेल निर्विरोध चयन भएका छन् ।

बिहिबार सुर्खेतमा सम्पन्न भएको स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका कर्णालीका पत्रकारको भेलाले एचजेएफ कर्णालीको अध्यक्षमा ललित बसेललाई निर्विरोध चयन गरेको हो ।

उक्त भेलाबाट स्वास्थ्य पत्रकार मञ्च कर्णालीको उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा मिमबहादुर रावल (रमेश) र कोषाध्यक्षमा गीता थापा चयन भएका छन्, भने सदस्यमा देवबहादुर राना र टेकराज खत्री निर्विरोध चयन भएका छन् ।

पदाधिकारी चयनपछि स्वास्थ्य पत्रकार मञ्च कर्णालीले अब बिट रिपोटिङका आधारमा स्वास्थ्य क्षेत्रका गतिविधिबारे खोज तथा सन्देशमुलक सामाग्री प्रकाशन तथा प्रचार प्रसार गर्ने बताएको छ । 

मञ्चका अध्यक्ष ललित बसेलले कर्णालीमा स्वास्थ्य क्षेत्रका समस्या समाधानको विकल्पबारे पत्रकारिता मार्फत भूमिका निर्वाह गर्ने उल्लेख गर्दै राम्रा कामको प्रचार गरेर अन्य प्रदेशलाई सन्देश दिने बताए । सोही अनुसार सबै पदाधिकारीस्लाई कलम चलाउन उनको भनाइ छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : २७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध