समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक : उर्जामन्त्री खड्का « Khabarhub

समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक : उर्जामन्त्री खड्का


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन् ।

कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकारले नीतिगत सुधार गरिरहेको स्पष्ट पारे ।

सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले उक्त लक्ष्य कार्यान्वयनको चरणमा अर्थतन्त्रको समग्र पक्ष चलायमान हुँदै जाने विश्वास व्यक्त गरे । ऊर्जा क्षेत्रको विकासबाट चाँडै समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

सरकार अर्थतन्त्रको विकासमा देखिएका व्यवधान हटाउँदै अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले मुलुकमा केही हुँदैन भन्ने भाष्य सबै मिलेर चिर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्र रुपान्तरणको योजना साथ आयोग अगाडि बढिरहेको जानकारी दिए । सो अवसरमा मन्त्री खड्काले ‘कर्पोरेट म्यागेजिन’ लोकार्पण गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : ३२ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः