समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक : उर्जामन्त्री खड्का « Khabarhub

समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक : उर्जामन्त्री खड्का


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताएका छन् ।

कर्पोरेट नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकारले नीतिगत सुधार गरिरहेको स्पष्ट पारे ।

सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले उक्त लक्ष्य कार्यान्वयनको चरणमा अर्थतन्त्रको समग्र पक्ष चलायमान हुँदै जाने विश्वास व्यक्त गरे । ऊर्जा क्षेत्रको विकासबाट चाँडै समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

सरकार अर्थतन्त्रको विकासमा देखिएका व्यवधान हटाउँदै अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले मुलुकमा केही हुँदैन भन्ने भाष्य सबै मिलेर चिर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्र रुपान्तरणको योजना साथ आयोग अगाडि बढिरहेको जानकारी दिए । सो अवसरमा मन्त्री खड्काले ‘कर्पोरेट म्यागेजिन’ लोकार्पण गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : ३२ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने