गोधूली रनिङ कपको उपाधि धरान- १४ लाई | Khabarhub Khabarhub

गोधूली रनिङ कपको उपाधि धरान- १४ लाई


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुनसरी– पच्चीसौँ गोधूली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान– १४ ले जितेको छ ।

बिहीबार साँझ धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान- १५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान- १४ ले उपाधि जितेको हो । खेलको ६१औँ मिनेटमा धरान- १४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान- १४ लाई नगद  एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान- १५ लाई नगद  एक लाख पुरस्कार प्रदान गरिएको छ । खेलको प्लेयर अफ दी म्याच धरान- १४ का आशिष पुरी घोषित हुँदै पाँच हजार पाँचसय रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर धरान- १५ का राजीव खड्का, उत्कृष्ट डिफेन्डर धरान- १५ का अस्तोष राई, उत्कृष्ट मिडफिल्डर धरान- १५ कै अरिक गुरुङ, उत्कृष्ट स्टाइकर धरान- १४ का निमेश तामाङ, उत्कृष्ट कोच धरान १४ का शिव राईलगायतलाई जनही पाँच हजार पाँचसय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ४५ बजे

किस्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रु ग्यास प्रहार (तस्बिरहरू)

 काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्

अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौं–  ‘जेन-जी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै

मोहना घाटमा छठ पूजाको तयारी

कैलाली– छठ पूजा सेवा समिति, धनगढीले हरेक वर्ष झै यस