सभामुख घिमिरेसहितको टोली उज्बेकिस्तान प्रस्थान | Khabarhub Khabarhub

सभामुख घिमिरेसहितको टोली उज्बेकिस्तान प्रस्थान


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन  सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्बेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् ।

सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्बेकिस्तान गएका हुन् ।
 
प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय सांसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।

अन्तर व्यवस्थापिका सङ्घको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदै छ ।

अन्तर व्यवस्थापिका सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्नेछन् ।

सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तर व्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनेछन् ।

सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छन् ।

साथै, सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ।

सम्मेलनसँगै सञ्चालन हुने संसदका महासचिवहरूको बैठकहरूमा संघीय सांसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् ।

सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झना: बन्दुङ सिद्धान्तहरूको पालना गर्न सांसदहरूको भूमिका’ विषयमा मन्तव्य दिनेछन् ।

उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १२ : ४९ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति