राजुनाथले प्रमुख प्रशासकीय अधिकृतसँग भने- हिजो गल्ती गरेँ, माफी दिनुस् | Khabarhub Khabarhub

राजुनाथले प्रमुख प्रशासकीय अधिकृतसँग भने- हिजो गल्ती गरेँ, माफी दिनुस्


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी मागेका छन् ।

बिहीबार मेयर बालेन्द्र साहको आदेश भन्दै गुरागाईंलाई कार्यालय छिर्न नदिन सयौँको संख्याका नगरप्रहरीसहित कमलादीस्थित कार्यालयमा तैनाथ भएका उनले शुक्रबार गुरागाईंसँग माफी मागेका हुन् ।

शुक्रबार प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय समय सुरू हुनेबित्तिकै कमलादीस्थित कार्यालयमा पुगेका थिए । उनले त्यहाँ पुगेर महानगरको रोकिएको खर्च निकासाका लागि हस्ताक्षर गरेका छन् ।

उनले हस्ताक्षर गरेसँगै अब काठमाडौं महानगरका कर्मचारीको ३ देखि ६ महिनासम्म रोकिएको सबै तलब सोमबारसम्म खातामा जाने भएको छ । आइतबार बिदा भएकाले सोमबार कर्मचारीको तलब जाने गुरागाईंको सचिवालयले जानकारी दिएको छ ।

गुरागाईं कार्यकक्षमा पुगेर खर्च निकासामा सही गर्दै गर्दा नगरप्रहरी प्रमुख पाण्डे बिहान ११ बजे कमलादी पुगेका थिए । जहाँ पुगेर उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बिहीबार भएको घटनालाई लिएर माफी मागेका छन् ।

‘नगर प्रहरी प्रमुख पाण्डे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमै छिर्नु भयो । त्यहाँ बिहान ११ बजे आउनु भएका उहाँले आधा घण्टा बसेर बिहीबार मैले कमजोरी गरेँ, मबाट गल्ती भयो, मलाई माफी दिनुस् भन्नु भयो’, एकजना प्रत्यक्षदर्शी कर्मचारीले खबरहबलाई भने ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई बिहीबार मर्यादा नाघेको भन्दै सचेत गराए । ‘तपाईंले मर्यादा नाघ्नु भएको छ । अब कार्यपालिकाले सदस्यले जे निर्णय गर्छ, त्यही लागु हुन्छ’, प्रमुख प्रशाकीय अधिकृत गुरागाईंको भनाइ उद्धृत गर्दै ती कर्मचारीले भने, ‘मैले अहिले यहाँ भनेर केही हुँदै । अब कार्यपालिकाले जे गर्छ, त्यही अनुसार हुन्छ ।’

बिहीबार गुरागाईंलाई छेकेपछि कार्यपालिका सदस्यहरूले तत्काल बैठक बसेर कारबाही गर्नुपर्ने आवाज उठाएका थिए । तर उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहलाई कुर्नुपर्ने मत राखिन् ।

‘बिहीबार त्यहीँ निर्णय गरेर कारबाही गर्ने कुरा भएको थियो’, ती कर्मचारीले भने, ‘तर उपमेयरले मेयरलाई कुर्नुपर्ने बताउनु भयो । त्यसपछि पाण्डेमाथिको कारबाही रोकिएको छ ।’

उता मेयर बालेन भने बिदा मनाउन भन्दै दोलखा पुगेका छन् । गत चैत १० गतेभित्रै कार्यपालिका बैठक राख्न दिइएको ज्ञापनपत्रको उनले बेवास्ता गरेको कार्यपालिका सदस्यहरूको गुनासो छ ।

‘चैत १० गतेभित्रै कार्यपालिका बैठक राख्न ज्ञापन पत्र दिएका थियौँ’, एकजना सदस्यले भने, ‘तर मेयरले उक्त बैठक नबोलाई छलेको छल्यै गर्नु भयो । अहिले पनि उहाँ काठमाडौं बाहिर हुनुहुन्छ । सुनेअनुसार बिदा मनाउन दोलखा पुग्नु भएको छ रे !’

यसबारेमा काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले यो सामान्य कुरा भएको प्रतिक्रिया दिए । ‘नगरप्रहरीलाई प्रमुख प्रशाकीय अधिकृतले नै सञ्चालन गर्ने हो । कामका क्रममा नबुझेर पनि तलमाथि भइरहन्छ’, उनले भने, ‘नगरप्रहरी प्रमुखले प्रशासकीय अधिकृतलाई भेटेको भए त्यो सामान्य विषय हो, निर्देशन दिने व्यक्तिलाई भेटेको कुरालाई ठूलो बनाइरहनु परेन ।’

के छ कानुनी व्यवस्था ?

काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० मा नगर प्रहरी गठन र परिचालनबारे उल्लेख छ ।

जसको परिच्छेद २ मा महानगर प्रहरी सेवा गठन, रेखदेख र नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा महानगर प्रहरी सेवाको गठनअन्तर्गत भनिएको छ, ‘महानगरपालिकामा एक नगर प्रहरी सेवा रहने छ। नगर प्रहरी सेवाको गठन र त्यसमा रहने महानगर प्रहरीहरूको संख्या नगरसभाबाट तोकेबमोजिम हुनेछ ।’

त्यसैगरी बिहीबार मेयरको आदेश भन्दै छेक्न पुगेका राजुनाथसहितका नगरप्रहरीलाई रेखदेख र परिचालन गर्ने अधिकार नै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई दिएको छ ।

महानगर प्रहरीको रेखदेख तथा नियन्त्रणसम्बन्धी बुँदामा भनिएको छ, ’महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालन गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ ।’

कानुनी प्रावधान यस्तो भए पनि मेयर बालेनको आदेश भन्दै नगरप्रहरीको ठूलो फौज लिएर गुरागाईंलाई छेक्न बिहीबार कमलादीमा खटिएका थिए । उनले कर्मचारीसँग पनि झडप गर्न खोजेपछि उपमेयर सुनिता डंगोलले रोकेकी थिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ०९ बजे

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार