ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन « Khabarhub

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति निन्दा व्यक्त गर्ने भन्दै अमेरिकाका विभिन्न भागमा प्रदर्शन भएको छ । अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्याङ अप’ प्रदर्शन गरेका हुन्। शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ।

प्रदर्शनकारीले ट्रम्पका एजेन्डाले आर्थिक र सामाजिक अवस्था खराब भएको भन्दै प्ले कार्ड बोकेका छन्। ट्रम्पले संसारका सबै देशका सामानमाथि कर लगाउन थालेपछि देश बाहिर पनि उनको विरुद्धमा प्रदर्शन हुन थालेको छ। लन्डन, पेरिस र बर्लिनमा पनि उनको विरुद्धमा प्रदर्शनको तयारी भएको हो।

बोस्टनमा प्रदर्शन गर्नेले आप्रवासी विद्यार्थीलाई विश्व विद्यालयबाट निकालेको घटनाले सबै भन्दा दुःखी बनाएको बताएका छन्। गत महिना बोस्टन नजिककै टर्फ विश्व विद्यालयबाट मास्क लगाएर आएका सुरक्षाकर्मीले टर्कीका एक विद्यार्थीलाई गिरफ्तार गरेका थिए।

लन्डनमा मानिसलाई यातना दिन पाइँदैन भन्दै प्ले कार्ड बोकेर प्रदर्शन भएका छन्। ट्रम्पको फेरिएको विदेश नीतिमा आपत्ति जनाउँदै ‘ह्यान्ड्स अफ क्यानडा,’, ‘ह्यान्डस अफ ग्रिनल्यान्ड’ र ‘ह्यान्ड्स अफ युक्रेन’ भन्दै नारा लगाइएको थियो।

वासिङ्टन डिसीमा उपस्थित प्रदर्शनकारीले डेमोक्र्याट सांसदको धारणा सुन्न चाहेका छन्। प्रदर्शनकारीले बिलिनियर एलन मस्कको सल्लाहमा अमेरिकाले दिँदै आएको सहयोग रकम कटौतीका विरुद्धमा आवाज उठाउने जनाएका छन्।

फ्लोरिडाका विधायक म्याक्सवेल फ्रोस्टले बिलिनियर मस्कले अमेरिकाको सरकार कब्जा गरेको बताए।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ०७ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड