ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी सडकमा « Khabarhub

ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी सडकमा


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रम्प प्रशासनको नीतिविरुद्ध लाखौँ अमेरिकी प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र सरकारी चुस्तता विभागका प्रमुख एवम् विश्वका सबैभन्दा धनी इलोन मस्कले ‘जबरजस्ती सत्ताकब्जा’ गरेको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनकारीले हरेक राज्यमा रहेका सरकारी कार्यालय, संसद भवन, सामाजिक सुरक्षा कार्यालय तथा अन्य संघीय भवनअगाडि प्रदर्शन गरेको जनाइएको छ ।

अमेरिकाका सबै ५० राज्य तथा विश्वका विभिन्न मुलुकमा गरी १ हजार ४ सयभन्दा धेरै स्थानमा प्रदर्शन आयोजना गरिएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ । ‘ह्याण्ड्स अफ’ नाम दिइएको प्रदर्शनमा नागरिक अधिकारकर्मी, ट्रेड युनियनका कार्यकर्ता, महिला तथा यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्दै आएका अधिकारकर्मी, पूर्वसैनिकसहित आम नागरिकको सहभागिता रहेको जनाइएको छ ।

प्रदर्शनकारीले ट्रम्प र मस्कको विरोधमा प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । ‘अर्बपतिहरुको हातमा पुगेको अमेरिकी सत्ता फिर्ता ल्याउने’ उद्देश्यसहित प्रदर्शनको आयोजना गरिएको आयोजकलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । ‘अर्बपतिहरुको सत्ताकब्जा र भ्रष्टाचार’, ‘स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका लागि संघीय खर्च कटौती’ र ‘आप्रवासी, यौनिक अल्पसङ्ख्यक एवम् अन्य समुदायमाथिको आक्रमण’ को अन्त्य हुनुपर्ने तीन बुँदे माग सहित लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।

राजधानी वाशिंटन डीसीमा आयोजित प्रदर्शनलाई विपक्षी डेमोक्र्याटिक पार्टीका केही जनप्रतिनिधिले पनि सम्बोधन गरेका थिए । डीसीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा मेरिल्याण्ड राज्यको प्रतिनिधित्व गर्ने प्रतिनिधि जेमी रास्किनले ‘ट्रम्पको राजनीति इटालीका तानाशाह मुसोलिनी र अर्थनीति पूर्वराष्ट्रपति होबर्ट हुभरको जस्तो भएको’ टिप्पणी गरे ।

त्यसैगरी, डेमोक्र्याटिक पार्टीका तर्फबाट हाउस अफ रिप्रेजेन्टेटिभमा मिनेसोटा राज्यको प्रतिनिधित्व गर्ने इल्हान ओमरले ‘अधिकार रक्षाका लागि लड्नुपर्ने’ टिप्पणी गरेकी थिइन् ।

ट्रम्प प्रशासनको आगमनसँगै अमेरिकामा संघीय खर्चमा व्यापक कटौती भइरहेको छ । ट्रम्पले संघीय खर्च कटौतीको जिम्मा विश्वका सबैभन्दा धनी उद्यमी इलोन मस्कलाई दिएका छन् । मस्कको सरकारी चुस्तता विभाग अर्थात् डोजले कसैको परवाह नै नगरी लाखौँ सरकारी कर्मचारी र सरकारी खर्च कटौती गरिरहेका छन् ।

सरकारी खर्च कटौतीका कारण ‘मेडिकएड’ भनिने स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा आश्रित ७ करोड ३० लाखभन्दा धेरै अमेरिकी नागरिक प्रभावित भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ०१ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’