सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू) « Khabarhub

सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुट र ढाका टोपीमा सजिएका एक व्यक्तिले फोहोर टिपिररहेको दृश्य देख्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । आमरुपमा फोहोर संकलन गर्ने मानिस फोहोरी हुने बुझाइ छ ।

तर, विगत चार दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरू एकातिर सरकारलाई दबाब दिइरहेका छन् भने अर्कातिर सडकमा फ्याँकिएको फोहोर आफैं टिपेर सचेतना पनि फैल्याइरहेका छन् ।

आइतबार पनि बबरमहलको सडकमा कोट पाइन्टमा सजिएका शिक्षक र कुर्ता सुरुवालमा सजिएका शिक्षिकाहरू धमाधम फोहोर टिपिरहेका थिए । शिक्षकहरूले आन्दोलनसँगै सचेतना सन्देश पनि दिने गरी सडकमा आफूले गरेको फोहोर आफैं संकलन गरिरहेका छन् ।

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी रहँदा शिक्षकहरूले सफाइ अभियान पनि चलाएका छन् ।

प्रदर्शनको लागि हरेक दिन ५ हजारभन्दा बढी शिक्षक माइतीघरमण्डलमा भेला भएर बानेश्वर जाने गरेका छन् ।

गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा र भोकले सताइजान्छ । तिर्खा लाग्दा पानी पिएको बोतल जथाभावी फ्याँक्न भएन। त्यसैले उनीहरू एउटा झोलामा राखिरहन्छन् ।

खाजा खाएपछिका प्लास्टिक पनि फोहोर नगरि एउटै झोलामा थुपार्ने गरेका छन । यदि कसैले जथाभावी फोहोर गरे उसलाई सम्झाउँदै दृश्य पनि आन्दोलन मा देख्न सकिन्छ ।

उनीहरूले आन्दोलनमा आएका शिक्षकसँगै पत्रकार , सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान भनिरहेका हुन्छन् ।

हजारौँको उपस्थिति हुँदा पनि बोटविरुवा नमासी, फोहोर नगरि प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शिक्षकहरूलाई सामाजिक सञ्जालमार्फत् शिक्षकहईलाई नै दिइसकेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 




प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : २९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने