एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने | Khabarhub Khabarhub

एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ ।  त्यसका लागि करिब १० हजार नागरिकलाई सभामा सहभागिता रहने एमाले सुर्खेतले जनाएको हो ।

एमाले सुर्खेतले आइतबार पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उद्देश्यले सभाको आयोजना गरिएको जनाएको छ । 

मंगलगढी चोकबाट र्‍याली सुरु भई पिपल चौतारामा जनजागरण सभाको आयोजना गरिएको सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए । 

राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेको एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले बताए ।

‘यसबारे जनतालाई सचेत पार्दै उन्नत गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनजागरण सभाको आयोजना गरिएको हो,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि  एमालेले देशव्यापी जनजागरण अभियान संचालन गरिरहेको छ ।’ 

सरकारमा रहेर पनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको बोगटीले बताए । 

नेपाली जनताका लागि कुनै पनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र स्वीकार्य नहुने एमाले केन्द्रीय सदस्य नवराज रावत बताए ।  

‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकारहरू संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशी विदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन्,’ उनले भने,‘यस प्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध जनजागरण अभियानमा जुटिरहेका छौँ ।’

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : १९ बजे

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा