पत्रकार रजकको परिवारलाई देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन | Khabarhub Khabarhub

पत्रकार रजकको परिवारलाई देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन् । 

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् । 

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।  

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : ४० बजे

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन

कोशी अस्पतालमा नि:सन्तान क्लिनिक सञ्चालन

विराटनगर– कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा