पत्रकार रजकको परिवारलाई देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन « Khabarhub

पत्रकार रजकको परिवारलाई देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन् । 

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् । 

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।  

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : ४० बजे

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक