भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन « Khabarhub

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कर्णाली – भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन छन् ।

हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएका जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ । खोजीका लागि परिवारका सदस्यसहित आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिए ।

उनका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो । सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको बुढाले बताए ।

तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन् । बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ८ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना