शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक « Khabarhub

शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ ।

बिक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो ।

कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।

निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न बिक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिई बिक्री गरेको जनक शिक्षाको आरोप छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ ।

जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिटेडको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताए । उनका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।

स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुने गर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन ।

जनक शिक्षाले पुस्तक बिक्रेतालाई जिल्ला अनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ०८ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।