सहकारी पीडितहरू फेरि उत्रिए सडकमा (तस्बिरहरू) | Khabarhub Khabarhub

सहकारी पीडितहरू फेरि उत्रिए सडकमा (तस्बिरहरू)


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिटर ब्याजीहरूलाई कारबाहीको माग गर्दै सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासङ्घले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी, लघुवित्त, बैङ्क एवम् मिटर ब्याजीहरूको अराजकताका विरुद्ध संयुक्त आन्दोलन नाम दिएको प्रदर्शन राष्ट्रपति कार्यालयतर्फ अघि बढेको छ ।

क्षेत्रपाटी, शान्ति वाटिका, दरबारमार्ग नारायणहिटी सङ्ग्रहालय हुँदै राष्ट्रपति कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

वित्तीय पीडकहरूलाई कारबाहीको मागसहितको राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

‘बाँचौँ, बचाऔँ र अघि बढौँ, आफ्नो न्यायको लागि आफैँ जुटौँ, सम्पूर्ण वित्तीय पीडितहरू एक होऔं ।’ भन्ने मुख्य नारासहित पीडितले प्रदर्शन गरेका छन् ।

‘पीडितको बचत अपचलन गर्ने ठगहरूको सातपुस्ते विवरण सार्वजनिक गर’, ‘सरकार पीडितको बचत रकमको जिम्मेवारी लेऊ’, ‘ए नालायक सरकार पीडितको घाउमा मलम लगाउने काम गर’, ‘एकजुट नभई सम्भव छैन, आन्दोलनबाहेक विकल्प छैन’ लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै पीडितले प्रदर्शन गरेका छन् ।

पटकपटक सरकारले सम्झौता गरेर पनि कार्यान्वयन नगरी जनताको मागलाई अवहेलना गरेकाले चुप लागेर बस्ने अवस्था नरहेको पीडितको भनाइ छ ।

भ्रष्टाचार व्याप्त भएको र आर्थिक मन्दीले थिलथिलो पारेकाले पीडितले शान्तिपूर्ण प्रदर्शन गरेको जनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : ४३ बजे

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको