मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको अवस्था बारे कानुन समितिले स्थलगत अनुगमन गर्ने      | Khabarhub Khabarhub

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको अवस्था बारे कानुन समितिले स्थलगत अनुगमन गर्ने     


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले विभिन्न चार टोली बनाएर विभिन्न स्थानका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा आगामी वैशाख महिनामा स्थलगत अनुगमन गर्ने निर्णय गरेको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् । 

जस अनुसार ढोरपाटन सिकार आरक्षण अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्ला र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिने सभापति सुवेदीले बताइन् । 

त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु वन्यजन्तु आरक्षण अन्तर्गतको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिने उनले जानकारी दिइन् ।  

स्थलगत अनुगमनपछि समितिमा प्रतिवेदन पेश गर्न विभिन्न चार टोलीलाई निर्देश गरिएको छ । मध्यवर्ती क्षेत्रमा मानिस, वन्यजन्तु र वनका कर्मचारीबीच सङ्घर्ष देखिएकाले सो क्षेत्रमा बसोबास गर्नेहरूको मानव अधिकारको विषयमा अध्ययन गर्न लागिएको समिति सभापति सुवेदीले बताइन् । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ४५ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का