काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा « Khabarhub

काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ । 

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले खबरहबलाई जानकारी दिएका छन् । 

महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् । 

काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो । 

मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो । 

यता कर्मचारी र जनप्रतिनिधिले भने गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबर जस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए । 

शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा आज सोमबार मात्र तलब आएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ३६ बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको