इरान र अमेरिकाले प्रत्यक्ष वार्ता गर्ने « Khabarhub

इरान र अमेरिकाले प्रत्यक्ष वार्ता गर्ने


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि इरानसँग प्रत्यक्ष वार्ता हुने बताएका छन्। सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको वार्तापछि ट्रम्पले सो कुराको जानकारी दिएका हुन्। उनले इरानसँग वार्ता गरेर सबै समस्याको समाधान नगरे ठुलो जोखिम हुनसक्ने बताए।

अमेरिकाले इजरायलबाट जाने सामानमा १७ प्रतिशत करको निर्णय गरेपछि नेतान्याहु ट्रम्पसँग भेटेर नै यस विषयमा छलफल गर्न अमेरिका पुगेका हुन्। नेतान्यहुले ट्रम्पसँगको वार्ता सकारात्मक भएको र यो निर्णय उल्टन सक्ने सम्भावना रहेको बताएका छन्। उनले इजरायलले विगतमा अमेरिकाले गरेको सहयोग बिर्सन नहुने बताएका छन्।

नेतानयाहुसँगको भेट अघि नै ट्रम्पले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रों, इजिप्टका राष्ट्रपति फताहा अल सिसी र जोर्डनका राजा अब्दुल्लाहसँग एकै पटक वार्ता गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकाल सुरु भएपछि नेतान्याहुको यो दोस्रो अमेरिका भ्रमण हो। फेब्रुअरीमा भएको पहिलो भ्रमणले गाजामा अस्थायी युद्ध विरामको बाटो खोलेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ५१ बजे

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित