रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने  | Khabarhub Khabarhub

रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । 

आगामी पार्टीको कार्ययोजना तयार पार्नका लागि रास्वपा सचिवालय बैठक बोलाइएको पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बताए । 

अर्यालका अनुसार भोलिको सचिवालय बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको विषयमा छलफल हुने छ । यस्तै रास्वपाले गर्ने लागेको ‘जनयात्रा’ को विषयमा पनि छलफल हुने अर्यालको भनाइ छ । 

‘सभापति पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँको मुद्दा फाइनल भएको छैन । भोलि ४ बजे पार्टी सचिवालय बैठक बोलाएका छौँ । त्यसमा पार्टी महाधिवेशन जनयात्रा लगायतका विषयमा छलफल हुन्छ ।’ अर्यालले खबरहबसँग भने, ‘पार्टी आफ्नो गतिमा अगाडि जान्छ । सभापतिले पनि पार्टीको कार्यक्रम र गति रोकिनुहुँदैन भन्नुभएको छ ।’ 

नेताहरूका अनुसार भोलि सचिवालय बैठक बसेर केन्द्रीय समिति बैठक डाक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३६ बजे

एनपी साउदले भने- इन्टेलिजेन्स विधेयकले व्यक्तिको गोपनीयताको हक खण्डित गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष

प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो 

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय

भिजिट भिसा प्रकरणमा राप्रपाको माग : पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीलाई छानबिन समितिको अध्यक्ष बनाऔं

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला

सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए

धरान– सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार