अछामको जयगढ बजारमा भीषण आगलागी | Khabarhub Khabarhub

अछामको जयगढ बजारमा भीषण आगलागी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

अछाम – बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा-९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली खटिएको थियो। आगो नियन्त्रणमा मङ्गलसेन नगरपालिकाको दमकल पनि खटेको थियो।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ। रातको समय भएकाले आगो नियन्त्रणमा समस्या भएको थियो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ३६ बजे

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको

पोखराका चार स्थानमा छठपूजा गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको

काभ्रेमा तोडफोड-आगजनी घटनाको अनुसन्धान गर्दै प्रहरी

काभ्रेपलाञ्चोक– गत भदौ तेस्रो साता भएको जेन-जी आन्दोलनका क्रममा तोडफोड