चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी « Khabarhub

चिनियाँ सामानमा १०४ प्रतिशत कर सही भएको ट्रम्पको दाबी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन्।

यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार गरेको छ।

मंगलबार केही समयका लागि बढेको अमेरिकी शेयर बजार ट्रम्पले चीनविरुद्ध थप करको घोषणा गरेपछि ओरालो लागेको छ। ६० देशलाई असर गर्ने ट्रम्पको यो घोषणा बुधबारको मध्यरातबाट लागू हुने छ।

भर्खरै ट्रम्पले राष्ट्रिय रिपब्लिकन कांग्रेसनल कमिटीको डिनरमा उपस्थित हुँदै औषधीमा थप कर लगाउने घोषणा गरेका छन्।

अमेरिकाले चिनियाँ सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि कुल करको दायरा १०४ प्रतिशत भएको हो। पहिले नै २० प्रतिशत कर लगाइएको थियो। त्यसपछि ३४ प्रतिशत थप र अर्को पटक ५० प्रतिशत कर थपको घोषणा गरिएको हो।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ